११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

दार्चुलामा एमाले उम्मेदवारमाथि आक्रमण, चार जना घाइते

२८ वैशाख, दार्चुला । दार्चुलामा एमाले उम्मेदवारमाथि आक्रमण भएको छ । जिल्लाको दुहु गाउँपालिका–५ मा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका उम्मेदवारसहित माथि आक्रमण गरेको हो ।

आक्रमणमा परी एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका मानसिंह बडाल गम्भीर घाइते भएका छन । आक्रमणमा पनि उम्मेदवारसँगै विरेन्द्र महरा,मानसिंह बडाल,  लालसिंह महरा पनि गम्भीर घाइते भएका छन । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा एमालेको समूहमाथि आक्रमण भएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए ।

प्रकाशित मिति : May 11, 2022 at 10:14 am