११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

रत्ननगरको वासिन्दा कालिका नगरपालिकाको मेयर उम्मेदवार !

२७, वैशाख, चितवन । स्थानीय तहको निर्वाचनमा सम्वन्धित स्थानीय तहको वासिन्दा नै सो पालिकाको मेयर उपेयर र वडाध्यक्षका उम्मेदवार हुने गर्दछन् । तर, चितवनको कालिका नगरपालिकामा भने रत्ननगर नगरपालिकाका स्थायी वासिन्दा शिवराम के।सी।कांग्रेसकातर्फबाट मेयरका उम्मेदवार बनेका छन् । कालिका नगरपालिकाका कांग्रेसका नेताहरुलाई पन्छाउँदै रत्ननगर नगरपालिका वडा नं। १२ नमूना टोल निवासी के।सी। उम्मेदवार बनेका छन् ।

कालिका नगरपालिकाकाको सिमाभन्दा निकै तल उनको घर छ । रत्ननगर नगरपालिकाको वासिन्दालाई कालिकाको मेयर उम्मेदवार बनाएको भनेर कालिका कांग्रेसका नेता कार्यकर्ता उनको पक्षमा खुल्न मानेका छैनन् । ‘नगरपालिकामा हामीले संगठन बनाउने, हामी कांग्रेस बचाउन भनेर लाग्ने तर पद खाने बेलामा अर्को पालिकामा बस्ने मान्छे आउने’ एक कांग्रेसका नेताले भने, ‘उनी रत्ननगर नगरपालिकाबाट नै मेयर उठ्नु, उतै राजनीति गरुन किन यता आउनुपर्ने ?’ कांगेसबाट कालिका नगरपालिकाको मेयरमा वडा नंं ४ का कृष्णबहादुर श्रेष्ठ, वडा नं। १ का लिलाबहादुर गुरूङ्ग, वडा नं। २ का कमल आचार्य मेयर उम्मेदवारका आकांक्षी थिए

। तर, रत्ननगरका वासिन्दा रहेका के।सी।ले मेयरको टिकट दिएपछि कांग्रेस भित्र असन्तुष्टि बढेको छ । कालिका नगरपालिकाका वासिन्दाहरुका बीचमा के।सी। अपरिचित मानिन्छ । जनताको बीचमा घुलमिल नभएका के।सी।लाई टिकट दिएपछि एमाले पंक्तिले तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी पाएको जनाएको छ । पोल्ट्री व्यवसायी रहेका के।सी। कांग्रेसको कुनै पनि पदमा छैनन् । उनको राजनीतिक सक्रियतासमेत छैनन् । उनी जनताको बीचमा मत माग्न जाँदा मतदाताहरूले उम्मेदवारका बारेमा अनभिज्ञता प्रकट गरेका छन् । सत्ता गठवन्धनको उम्मेदवार भए पनि के।सी।लाई माओवादीले समेत रुचाएको छैन । एमालेबाट कालिका नगरपालिकाको मेयरका रुपमा विनोद रेग्मी उम्मेदवार छन् । रेग्मी यसअघि वडा नं। ६ को वडाध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : May 10, 2022 at 11:41 pm