४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गठबन्धन नेतालाई ओलीको प्रश्न- कहिलेसम्म जनतामाझ जान रोक्छौ ? ३० वैशाख त आइसक्यो


२७ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाए ।

कहिलेसम्म जनतामाझ जान रोक्छौ भन्दै प्रश्न गरेका ओलीले भने, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । उनीहरु भन्छन्– जनतामाझ जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो ।’ अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए । कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उनले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १८:१०