५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्ठानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्छ : केपी ओली


२७ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् ।

‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’ एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १८:०८