११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

२७ वैशाख, जुम्ला । जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएकाे छ । मतगणना सुरक्षित हाेस भनेर सीसीटीभी क्यामरा जडान गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न यसअघि नै निर्देशन दिएकाे हाे । उनले भनिन्, ‘केहीमा जडान भइरहेकाे सूचना आएकाे छ । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।’ यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ ।

प्रकाशित मिति : May 10, 2022 at 4:49 pm