६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण


२७ वैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका-९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् ।

सोमबार राति करिब साढे ११ बजेतिर एमालेका कार्यकर्ताहरूले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेकाे पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । गिरीले कांग्रेसका नेताहरूको उपस्थितिमा घटनाको विषयमा इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता समेत गराएका छन् । कृष्ण उप्रेती, नवीन उप्रेती, ठाकुर अधिकारीलगायतले आक्रमण गरेर भागेको गिरीले बताए । आक्रमणबाट आफूलाई कानमा चोट लागेको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १५:४३