११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

https://www.muktinathbank.com.np/online/loan-application

२७ वैशाख, काठमाडाैँ । सीउल–युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : May 10, 2022 at 12:45 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/