२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

देउवाले मतदाता प्रभावित पार्न गाडीमै करोडाैँ पैसा लोड गरेर ल्याएः कर्ण मल्ल


२७ वैशाख, डडेलधुरा । सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराका मतदाता किन्न करोडौँ रकम बोकेर आएको आरोप लगाएका छन् । मल्ललाई नेपाली कांग्रेसले केही समय अघि कार्वाही गरेको थियो । मल्ल क्रियाशिल सदस्यता वितरणदेखि असन्तुष्ट रहेका थिए ।  मल्लले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (बीपी)बाट नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन् ।

मल्लले प्रधानमन्त्री देउवाले ल्याएको उक्त रकम डडेल्धुराको कुनै एउटा विद्युत कर्मचारीको घरमा राखिएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री देउवा चुनावी आमसभालाई सम्बोधन गर्न सोमबार डडेल्धुरा पुगेका थिए । मल्लले भाषण गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

मल्लले गाडी नम्बर समेत सार्वजनिक गरेका छन् । ‘यहाँका मतदातालाई किन्नका लागि आज मात्रै डडेल्धुराबाट बाग्मती अञ्चलको गाडीमा करोडौँ पैसा आएका छन् । शेरबहादुर देउवाजीले रुखमा उठेका उम्मेदवारलाई मतदानका गर्नका लागि डडेल्धुराका मतदातलाई खरिद गर्नका लागि करोडौँ पैसा आएको छ।’ मल्लले भनेका छन् ।

पूर्व सांसद मल्लले रुखबाट उम्मेदवार भएकाहरुले पहिला आफ्नो हिस्सा लिन र चोक चोकमा ल्याएर सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । देउवाले मल्ललाई आफुले नेता बनाउन खोजेको भएपनि पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको चाकडीमा लागेको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ११:३२