२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

हेलिकप्टर लिएर गुल्मी पुगेकी मन्त्री झाँक्री एजेण्डा नपाएपछि एमालेविरूद्ध कुण्ठा पोख्दै


२७ वैशाख, काठमाडाैँ । शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजबादी) पार्टी सचिव रामकुमारी झाँक्रीले निर्वाचन आचारसंहित मिचेर गृह जिल्लामा मत माग्न व्यस्त बनेकी छन् । वैशाख २० गते हेलिकप्टर चढेर मुसिकोट नगरपालिकामा मत माग्न आएकी झाँक्रीले निर्वाचन आचारसंहिता मिचेर कार्यक्रममा सहभागिता जनाउदै आएकी हुन् ।

गृह जिल्लामा उनी मुसिकोट नगरपालिकासँगै बिभिन्न स्थानीय तहमा आयोजित चुनावी आमसभामा सहभागि भएका मत माग्न व्यस्त बनेकी हुन् । झाँक्री आफना पार्टीलाई भन्दा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई मत माग्न व्यस्त छिन् ।
जिल्लाका सबै स्थानीय तहमा झाँक्रीको पार्टीबाट उम्मेदवार छैनन् । तर उनि उम्मेदवार नबनेका स्थानीय तहमा नेपाली कांग्रेसका नेता कार्यकर्ता पुगेका सभामा पनि उनी सहभागि हुँदै आएकी छन् ।

सभामा झाँक्रीले आफनो पार्टीको सिद्धान्त बिचार भन्दा पनि माथी उठेर पुरानो पार्टी नेकपा एमालेका नेताहरुलाई गालिगलौज गर्न व्यस्त बनेकी छन् । उनले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली र जिल्लामा गोकर्ण बिष्टलाई हदैसम्म गिरेर गाली गलौजमा उत्रिने गरेकी छन् । आफनो पार्टीका कुनै सिद्धान्त नै नभएपछि नेता तथा व्यक्ति बिशेषलाई गालिगलौजमा उत्रिने गरेकी हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ११:२०