११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सरकारले २९ गते विदा नदिएपछि राजनीतिक दलले मतदाता ओसार्न जारी गरे सूचना

२७ वैशाख, काठमाडाैँ । नेपाल सरकारले निर्वाचनको दिनका लागि मात्र सार्वजनिक विदा दिएपछि काठमाडाैँमा अस्थायी बसोबास गर्ने धेरै मतदाता मतदानबाट बञ्चित हुने अवस्थामा पुगेका छन । काठमाडाैँ नजिकका जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, सिन्धुली लगायतका जिल्लामा त्यहाँका राजनीतिक दलहरूले २९ गते बेलुका कार्यालय समय सकिएपछि बसहरूको व्यवस्था गरेर गाउँसम्म लैजानका लागि सूचना जारी गर्न थालेका छन ।

धेरैजसो मानिसहरू काठमाडाैँमा बसेर वर्षाैदेखि रोजगारी गरे पनि मतादाता नामावली स्थायी ठेगानामै राखेका छन । आफ्नै सवारी नहुनेहरूका लागि राजनीतिक दलहरूले आफ्ना सम्पर्क मञ्च र भ्रातृ संगठनहरू परिचालन गरेर बसहरूको व्यवस्था गरी मतदाता लाने ल्याउने व्यवस्था गर्ने भएका छन ।

यस्तैमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ का लागि पनि सूचना जारी भएको छ । त्यहाँको नेकपा एमालेका कार्यकर्ताहरूले मतदातालाइ सुरक्षित रूपमा गाउँसम्म पुर्याउने र सुरक्षित रूपमै  काठमाडाैँ फर्काउने प्रतिद्धतासहित सवारीको व्यवस्था गरेको जनाएका छन ।

यस्तो छ सूचना 

प्रकाशित मिति : May 10, 2022 at 11:09 am