२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

त्रियुगा १४ मा आचारसंहिता विपरित सोलार बाँडदै वडाध्यक्ष


२६ वैशाख, उदपयुर । उदयपुरको त्रियुगा नगरपालिका १४ मा नेकपा माओबादी केन्द्रले निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेको छ । ५ बर्षको अवधिमा कामै नगरी कार्यकाल विताएका नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कुरुङ्ग राईले आचारसंहितालाई धज्ज उढाएका हुन् ।

राईले असोज, कात्तिक महिनामा वितरण गर्नु पर्ने सोलार निर्वाचनको मुखमा आचारसंहिता लागिसेकेपछि मतदातालाई प्रभावित पार्ने गरी सोलार वितरण गर्दै स्थानीय युवाहरुले पक्राउ गरेका हुन् । समयमा नै गरिव, असाहयका लागि वितरण गर्नु पर्ने सोलार चुनावको मुखमा आफ्नो पंक्षमा भोट लगाउन प्रभावित पार्ने गरी वितरण गर्दै गर्दा युवाहरुले पक्राउ गरेका हुन् ।

पक्राउ गर्दै गर्दाको भिडियोसमेत भाईरल भएको छ । पार्टीका उमेदवार पराजित हुने अवश्था आएपछि आफ्ना कार्यकर्ता र प्रभावित हुने खालकका मतदातालाई हतार हतार सोलार वितरण गरेको युवाहरुको आरोप छ । एक युवाले भने, ‘पाँच बर्षमा वडाध्यक्ष राई कता थिए, यतिन्जेल वितरण नगर्ने अहिले आएर हारको मानसिकताले सोलार वाँडने, माओबादी नेतृत्वमा आएपछि वडा विकासका हिसावले सबैभन्दा कमजोर रह्यो ।

वडामा विकास नगरेको आधारमा उनले पुनः टिकट नपाएका हुन । माओबादीबाट निर्वाचित अन्य वडाध्यक्षहरु दोहोरिदा राईले विकास निर्माणमा चासो नदिएकैकारण पार्टीले उमेदवार नबनाएको चर्चा छ । यता मुख्य निर्वाचन अधिकृत दिपक खनालले भने आचारसंहिता विपरित केहि ठाउँमा कार्य भैरहेको सूचना पाएपनि वडानं १४ को उजुरी नपरेको बताए । उनले आचारसंहिता पालना गर्न सम्बन्धित दल र अन्य सरोकारवाला निकायलाई पुनः निर्देशन गरिएको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ००:१५