१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गोलबजारमा माओवादीका बागी उम्मेदवारको रोड शो, शिक्षा, स्वास्थ्य प्राथमिकतामा

२६ वैशाख, सिरहा । गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेका छन् । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएका महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन् ।

जनताको सुख दु:खमा सँधै साथ दिँदै आएको दाबी गरेका उनले स्वतन्त्रबाट मेयरका उम्मेदवार दिएपछि चुनावको माहोल तातिएको छ । विगत पाँच वर्षमा राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिले जनताको विश्वास जित्न नसक्दा स्वतन्त्र उम्मेदवारतर्फ पनि मतदाता आकर्षित देखिएका छन् ।

उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो पहिलो प्रथामिकता रहेको बताएका छन् । ्नगरपालिकाको बिकास तथा समृद्धिका लागि आफ्नो जित आवश्यक रहेको उनले बताए ।

घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले भने,“पालिकामा सदैव नगरपालिकावासी जनताको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु, पालिकालाई भष्ट्राचार मुक्त बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने छु ।” अनेक चुनौती का बाबजुद चुनावी मैदानमा उत्रिएको उनले बताए ।

उनले थपे, “विगत ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो, त्यसरी अघि बढ्न सकेन, त्यसको कारण असक्षम नेतृत्व नै हो, अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ, पालिकावासीले मलाई साथ दिने छन् ।”

प्रकाशित मिति : May 9, 2022 at 11:38 pm