२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

बलत्कार मुद्दामा मुछिएका सिटाैला विर्तामोड नगरपालिको मेयरमा प्रतिस्पर्धा गर्दै


२६ वैशाख, झापा । स्थानीय तहको निर्वाचनको सरगर्मी देशैभरी नै तातिएको छ । पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीको गृह जिल्ला साथै पूर्वकै व्यापारीक हबको रुपमा रहेको झापा विर्तामोड नगरपालिकाको मेयर पदलाई विषेश रुपमा हेरिएको छ ।

विर्तामोड नगरपालिकाको मेयर पदका लागि पबित्रा महतारा प्रसाई र भोजराज सिटौला मैदानमा उत्रिएका छन् । दुवै उम्मेद्वार पूर्व जनप्रतिनिधि हुन् । पवित्रा महतारा प्रसाई नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेद्वार हुन्, उनी यसअघि बिर्तामोडकी उप–प्रमूख हुन । त्यस्तै नेपाली कांग्रेस(गठबन्धन)का उम्मेद्वार भोजराज सिटौला विर्तामोड वडा नं. ३ का वडाध्यक्ष हुन् ।

लामो र अर्थपूर्ण राजनितिक यात्रा तय गरिसकेकी एक कुशल नेताको रुपमा पवित्रा महतारा प्रसाईलाई हेरिने गरेको छ । खासगरी प्रदेश एक कै उत्कृष्ठ न्यायिक सम्पादनको श्रेय उनमा छ । यसको साथै उनको लामो राजनितिक पृष्ठभुमीले समेत उनलाई परिचित बताएको छ । विद्यार्थी राजनितिबाट प्रारम्भ भएको उनको राजनितिक यात्रा निरन्तर सफलताको उचाइमा अघि बडेको देखिन्छ । नगरको सुशासन र न्यायिक प्रणालीको जिम्मामा उनले उत्कृष्ट काम गरेको विर्तामोडका कार्यपालिकाका सदस्यहरु बताउँछन् । अनुगमन तथा न्याय निरुपणमा उनले गरेको कार्यसम्पादनको प्रशंसा नगरभरी पाईन्छ ।

सिटौला र प्रसाँईको उम्मेद्वारीलाई विशेष रुपमा हेरिएको छ । बैशाख ३० गते हुने निर्वाचनको लागि प्रतिस्पर्धामा उत्रिएका दुवैको राजनितिक पृष्ठभूमि उत्तीकै दरिलो छ, तर यतिबेला सिटौलाको विगतको एउटा मुद्धा सतहमा आएको छ । जसको प्रभाव यो निर्वाचनमा प्रत्यक्ष पर्ने देखिन्छ । जसको कारण पवित्रा महतारा बलियो र सिटौला कमजोर हुने प्रक्षेपण गरिएको छ ।

२०४८ साल र २०५४ साल गरी दुई कार्यकाल अनारमनी गाविसको वडा नं. ५ का अध्यक्षको कार्यकाल सम्पन्न गरेका सिटौला हाल विर्तामोड नगरपालिका वडा नं. ३ का समेत अध्यक्ष हुन । नेपाली कांग्रेस विर्तामोड नगरपालीकाका सभापति समेत रहेका सिटौलाको राजनितिक जीवन सरल रेखाबाट अघि बढेको देखिन्छ । पहुँच र पावरको पेरिफेरीमा मात्रै रहने गरेको कांग्रेसकै कार्यकर्ताहरुले आरोप समेत उनलाई लगाउने गरेका छन् । विर्तामोड ३ वडा अध्यक्षको पदबाट राजिनामा दिएर मेयरका लागि अघि सरेका उनको पुरानो घाउ यतिबेला बल्झिएको छ ।

कुरा २०४२ साल तिरको हो । उनलाई बलत्कारको आरोप थियो । उक्त आरोपमा उनी थुनामा समेत परे । पञ्चायत कालमा उनको सम्भ्रान्त परिवारले उक्त बलत्कार काण्ड मिलाउन धेरै साँठगाठ गरेको कुरा यतिबेला चिया गफहरुमा हुन थालेको छ । उनलाई लागेको बलत्कारको आरोपको विषयमा झापा जिल्ला अदालतमा मुद्धा समेत चलेको थियो । उक्त मुद्धाको बहस वर्तमान नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले गरेका थिए । उक्त मुद्धालाई होस्टाईल गरेर मिलाईएको अदालतका तत्कालिन एक कर्मचारीले बताए ।

भोजराज सिटौलासँगै अन्य दुई जना(खड्का र गुरुङ्ग थरका)ले उक्त महिलालाई बलत्कार गरेको आरोपमा मुद्धा चलेको थियो । मुद्धालाई मिलाउन महिलाको परिवारलाई १० कट्ठा जमिन र अन्य आर्थिक प्रलोभन दिइएको जानकारहरु बताउँछन् । आफ्नो पहुँच र पावरको भरमा सिटौला परिवारले उक्त महिलालाई झापाकै एक आदिवासी जनजातीसँग विवाह गरिदिएका थिए ।

बाहुन परिवारकी उक्त महिलाको विवाह जनजातीसँग गर्न त्यो बेला त्यति सजिलो थिएन तर बलत्कार भएको घटनाका कारण सहजै उनको विवाह भएको उनकै छिमेकी एक व्यक्तीले बताए । उनले धम्की र प्रलोभनको कारण विवाह भएको समेत बताए । हाल ति महिला विर्तामोडको दक्षिणी क्षेत्रमा बस्दै आएकी छिन् । उनका ४ जना छोरीहरु समेत रहेको पाइएको छ । उक्त मुद्धाको विषयमा कुरा गर्नखोज्दा पिडित महिलाले बोल्न चाहिनन्, तर विर्तामोडको मेयरमा सिटौलाको उम्मेद्वारी भएको थाहा पाएपछि आँखाभरी आसु बनाउँदै पुरानो कुरा बाहिर नल्याईदिन अनुरोध गरिन ।

त्यसो त सिटौलालाई डोमालाल राजवंशी रङ्गशालाको जग्गा प्रकरणको समेत शंकास्पद व्यक्तिको रुपमा हेरिन्छ । उनले गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिको नाममा बनाउन शंकास्पद भूमिका खेलेको जानकारहरु बताउँछन् । त्यस्तै वडा नं. ३ मा समेत खासै सन्तोषजनक काम सम्पादन नगरेको आरोप छ । त्यसो त निष्ठाको राजनिति गर्ने तथा आर्थिक पारदर्शिता र सुशासनको पक्षधर जलकुमार गुरुङ्गलाई आफ्नो पहुँच र पावरको भरमा पछि पार्दै मेयरको टिकट ल्याएकोमा विर्तामोडकै कांग्रेसीहरुको समते सहयोग सिटौलालाई नरहेको पाइएको छ । हामीले यस विषयमा सोमबार सिटौलाको प्रतिक्रिया लिने कोशिश गरे पनि सफल हुन सकेन । सिटौला हाम्रो सम्पर्कमा आएपछि उनको प्रतिक्रिया पनि समाचारमा समावेश गर्ने छौँ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार २३:१८