२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

नुवाकोटको लिखुमा एमाले अघिअघि कांग्रेस माओवादी पछिपछि


२६ वैशाख, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमाले अघि देखिएको छ । चुनावी प्रचारदेखि घरदैलो अभियान र नागरिकको स्वागत सम्मान पाउनेमा नेकपा एमाले अघि देखिएको छ । एमालेलाई कांग्रेस र माअोवादीले पछिपछि पछ्याइरहेका छन ।

एमालेले २०७४ सालमा उपाध्यक्षसहित गाउँकार्यपालिकामा बहुमत जितेर पनि अध्यक्ष गुमाएको एमालेले यसपटक त्यसो हुन नदिने दाबी गरेको छ । एमालेबाट मेघनारायण श्रेष्ठको नेतृत्वमा एमाले चुनावी मैदानमा रहेका छन् । स्थानीयस्तरमा लोकप्रिय मानिएका श्रेष्ठको नेतृत्वमा एमालेले यसपटक लिखुको नेतृत्व गर्ने विश्वास एमालेले लिएको छ ।

एमालेले लिखुको नेतृत्वका लागि १७ बुँदे चुनावी प्रतिवद्धता समेत अघि सारेको छ । यस्तो छ एमालेको प्रतिवद्धता पत्र

१. शिक्षा स्वास्थ्य सेवामा गुणस्तरीय र स्तरीय सेवा प्रदान गर्ने।

२. एक घर एक धारा शुद्र खानेपानी निर्माण गर्दै लैजाने।

३. नमुना गाउँ पालिकाको रुपमा विकास गर्ने।

४. कृर्षिजोन बिस्तार, कृषिमा आधुनिकीकरण यथा यान्त्रिकरण गर्ने ।

५. सामाजिक विकासका निमित्त सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरी अगाडि बढ्ने।

६. युवा खेलकुदका लागि वडास्तरमा खेलकुद मैदान तथा पात्रहरु निर्माण गर्न।

७. कृर्षि-पर्यटन, युवा रोजगारी तथा उध्धमशिलता कार्यक्रम लाई वडास्तर सम्म पुर्याउने।

८. उत्पिडित, पिछडिएको वर्ग तथा समुदायलाई स्वावलम्बी बनाई आत्मनिर्भर हुन सहयोग पुर्‍याउन आवश्यक कार्यक्रमहरु सन्चालन गर्ने।

९. मध्यपहाडी लोकमार्ग सँग जोडिएको सडक सञ्जालहरुको विस्तार र स्तरउन्नोती गर्ने।

१०. एक घर एक अशोक बिरुवा निशुल्क उपलब्ध गराउने र सफा, स्वच्छ, सुन्दर हरियाली वातावरणका पूर्वाधारहरू बिकास गरि लिखुमा विश्वव्यापी आद्रताको प्रभाव न्युनिकरण गर्ने।

११. बृद्द-बृद्दा, अपाङ्गता, एकल महिला तथा अशक्तहरुलाई घर घरमा निशुल्क स्वास्थ सेवा उपलब्ध गराउने।

१२. लिखु गाउँपालिका भरि निशुल्क एम्बुलेन्स सेवा प्रदान गराउने।

१३. भष्टाचार विरुद्धको शून्य सहनशीलता लागु गर्ने।

१४. पालिका प्रशासन चुस्त दुरुस्त बनाई सुशासन लागु गर्न।

१५. यस पालिकामा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र कर्म अनुसार संस्कार-संस्कृति लगायत एतिहासिक तथा प्राकृतिक स्थलहरुको संरक्षण गर्दै लैजाने।

१६. पालिका तथा वडाका सम्पूर्ण सेवाहरु डिजिटल प्रविधि बाट सन्चालन गरिने।

१७. समृद्द लिखु सुखि लिखुबासिको आधार तयार पार्दै समाज बाट उन्मुख राज्यको आधार तयार पार्ने।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार २३:०९