३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मुगुमा मादक पदार्थ बिक्री वितरणमा रोक


२६ वैशाख, मुगु  । जिल्ला प्रशासन कार्यालय मुगुले मादक पदार्थ बिक्री वितरण गर्न निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, मुगुको बैठकले मंगलबार राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रोम बहाददुर महतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण तथा उपभोग जन्य कार्यलाई पूर्णरूपमा निषेध गरेको जनाएको छ । यो निर्णयलाई अटेरी गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १८:०९

https://srdb.com.np/