१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गोरखामा बिरामी म्यागोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धारदी प्रहरीलाई हेलिकप्टरमार्फत उद्धार

२६ गोरखा, वैशाख । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् ।

उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए ।

प्रकाशित मिति : May 9, 2022 at 5:42 pm