२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड


२६ वैशाख, धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।

देशलाई २०१८सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १५:२४

https://srdb.com.np/