९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

प्रचण्डको भाषामा मतदाता धम्काउने बद्री सिग्देल लगायतलाई विज्ञप्ति हटाउन आयोगको निर्देशन

२५ वैशाख, काठमाडौँ । नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा मतदाता धम्काउने पत्रकारको नाममा राजनीति गर्नेहरू बद्री सिग्देल लगायतका पाँच जनालाई विज्ञप्ति हटाएर २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्रराम शर्मा पौडेलले आइतबार विज्ञप्ति नै प्रकाशित गरी धम्कीपूर्ण विज्ञप्ति हटाउन र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

यस्तो छ निर्वाचन आयोगको विज्ञप्ति

विभिन्न सञ्चार माध्यममार्फत नेपाल प्रेस यूनियन अध्यक्ष श्री बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष श्री विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष श्री शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष श्री केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्री श्यामलाल पोखरेलले हस्ताक्षर गरी सार्वजनिक गरेको “स्थानीय तह निर्वाचन, २०७२ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ।

निर्वाचन आचारसंहिता, २०७४ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ।

त्यसैगरी ऐ. आचारसंहिताको ऐ, दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ।

यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरुले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ, हुँदैन? स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको अध्यक्ष/सचिवले कुनै अमुक राजनीतिक दलको/दलहरुको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ?

कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको संघ/संगठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैनपत्रकारको पेशागत संगठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठीत हुन्छ, हुँदैन ?

पत्रकारिताको क्षेत्र (space) र राजनीतिक क्षेत्र (Space) भिन्न हो, होइन? कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत संघ/संगठनमा आवद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरित वक्तव्य जारी गर्दा आचारसंहिता उल्लङ्कन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ मिल्दैन ?

यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ सहितको स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

यस्तो थियो हिजोको विज्ञप्ति

प्रकाशित मिति : May 8, 2022 at 9:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/