९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

मनोविज्ञानसम्बन्धी पुस्तक प्रकाशन

२५ वैशाख, काठमाडाैँ । नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान र मनोविज्ञानमा समसामयिक अभ्यास समेटेर ‘नेप्लिज साइकोलोजीः पहिलो खण्ड’ प्रकाशनमा ल्याइएको छ । नेपाली सन्दर्भमा मनोविज्ञान र सम्बद्ध विज्ञानका अनुसन्धान, अभ्यास र शैक्षिक पक्षमा रुचि राख्नेलाई लक्षित गरी त्रिवि केन्द्रीय मनोविज्ञान विभागले सो पुस्तक प्रकाशन गरेको हो ।

यस पुस्तकमा नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यास र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्व गरी चार वटा खण्डमा नेपाली मनोविज्ञानको इतिहास, उन्नति र विकासकालगायतका गरी २३ वटा लेखलाई विभाजित गरिएको छ ।

पुस्तक विमोचन गर्दै विभागको प्रमुख प्रा डा नन्दिता शर्माले मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन पुस्तक उपयोगी रहेको बताए ।

उनले यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुङ्गा भएको बताउँदै नेपाली सेरोफेरोमा रहेर र हाम्रै सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी रहेको उल्लेख गरे।

पुस्तकका सम्पादक डा युवराज अधिकारीले नेपालको मनोविज्ञानको विगत, वर्तमान र भविष्यको दस्ताविजीकरण र विदेशीको मात्रै भर नपरी नेपाली अध्ययनकर्ता आफैँले ज्ञाान प्रतिपादन गर्ने एक अभियानका रुपमा लिन सकिने बताए ।

सो अवसरमा सेन्ट जेभिएर कलेजका उपप्रधानाध्यापक सुधाकर पन्त, शिक्षण अस्पताल, महाराजगञ्जको भूतपूर्व मनोचिकित्सा विभागका प्रमुख प्राडा विद्यादेव शर्मा, पुस्तकका अर्का सम्पादक सुजेनमान महर्जनले पनि नेपाली मनोविज्ञानको दस्ताविजीकरणमा पुस्तक निकै उपयोगी रहेको उल्लेख गरे।

प्रकाशित मिति : May 8, 2022 at 12:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/