११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

नेपालमा थपिए १४ कोरोना संक्रमित

https://www.muktinathbank.com.np/online/loan-application

२४ वैशाख, काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमणम मुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : May 7, 2022 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/