२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल


२४ वैशाख, अर्घाखाँची । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि।क।, नारायण प्रसाद दमासेलाई चयन गरेको छ ।

अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी रहेको उल्लेख गर्दै रचनात्मक काम गर्न आग्रह गरेका थिए । घिमिरेले कर्मचारी र सेवाग्राही विचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए । सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रम, निवर्तमान अध्यक्ष विनोद खनालको अध्यक्षता र रवी अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १२:०७