१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु


२३ वैशाख, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे । शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १६:४६

https://srdb.com.np/