२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२२ फागुन, बैतडी । बैतडीमा भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् ।
दशरथचन्द नगरपालिका–४ की शारदा पाण्डेयको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको जिल्ला अस्पतालले जनाएको छ ।

बाख्रा चराउन गएका बेला शारदालाई स्थानीय जंगलमा आज अपराह्न भालुले आक्रमण गरी गम्भीर घाइते बनाएका छ ।

प्रकाशित मिति : March 6, 2018 at 6:47 pm