५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अन्ततः भरतपुरको मतपत्रमा पनि रहने भो कांग्रेस चिन्ह ‘रूख’


१९ वैशाख, काठमाडौँ । उम्मेदवारी दिन नसके पनि भरतपुर महानगरपालिकाका नेपाली कांग्रेसका कार्यकर्ताले रूख चिन्ह हेर्न पाउने भएका छन । रहर हुनेले मत पनि दिन सक्छन तर उम्मेदवार नभएको चिन्हमा दिएको मत बदर हुने कानुनी व्यवस्था रहेको छ । सत्तारूढ दलको प्रभावमा निर्वाचन आयोगले यसअघि गरेको गलत निर्णय सच्चाउँदै देशभर एकै खालको मतपत्रको व्यवस्था गरेको हो ।

निर्वाचन आयोगले नेकपा ९एमाले०को आपत्तिपछि ६ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतपत्र पनि अन्य ठाउँ जस्तै बनाउने निर्णय लिएको हो । आयोगले यसअघि आयोगले ६ महानगरपालिका र भक्तपुरमा कुनै पार्टीबाट जुन–जुन पदमा उम्मेदवारी परेको छ, त्यो चिह्न मात्रै रहने गरी अन्तिममा मतपत्र छाप्ने निर्णय गरेको थियो। तर एमाले मतपत्रमा विभेद गरेर ठाउँ अनुसारको बनाउन नमिल्ने भन्दै आपत्ति जनाएको थियो । उसले लिखित रूपमै आयोगको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०८:४८