५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

यसकारण एमालेले जित्दै छ त्रियुगा नगरपालिका


१८ वैशाख, उदयपुर । २०७४ को स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा ७३ भोटले जित निकालेको नेकपा एमालेले यसपटक फराकिलो मतले जित निकाल्ने प्रंक्षेपण गरेको छ । अघिल्लो पटकको निर्वाचनमा भन्दा सांगठानिक संरचना र जनता प्रतिको जनलहरलाई मजवुद बनाएको एमालेले सहजै जित निकाल्ने आकलन गरेको हो । त्यति मात्र नभई सामाजिक क्षेत्रका अगुवा, विकासप्रेमी, भिजन बोकेका व्यक्तित्वलाई मैदानमा उत्रानु पनि एमालेको जित सहज भएको अनुमान गरिएको छ ।

अन्य पार्टीको तुलनामा नेकपा एमालेका मेयरका उमेदवार भागवत राउत र उपमेयर महेश्वरी राई निकै अब्बल मानिन्छन् । तीन दशक बढि सामाजि क्षेत्रमा निरन्तर त्रियाशिल उनीहरु त्रियुगाका जनताको रोजाई र आँखाको नानी भित्र बस्न सफल भएका छन् ।

मेयरका उमेदवार राउतको नेतृत्वमा त्रियुगा नपा १० मा मदन भण्डारी आँखा अस्पताल निर्माण र सञ्चालन, गरिवका छोराछोरी पढ्ने गरी मनमोहन स्कुल, धार्मिक आश्थाका व्यक्तिलाई लक्षित गरी एक दर्जनको हाराहारीमा मठमन्दिर, चर्च निर्माण भएका छन् । नेपाल नेत्रज्योति संघको केन्द्रिय सदस्य तथा जिल्ला सभापतिसमेत रहेका राउत २०५४ का निर्वाचित तत्कालिन वडानं १ हालको वडानं १० का वडाध्यक्षपनि हुन् ।

सामान्य आँखाका विरामी प्रारम्भिक उपचारका लागि छिमेकी जिल्ला सिरहाको लाहान धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै सदरमुकाम गाईघाटमा संघको स्वामित्वमा रहने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् । त्यहीँ उपचार केन्द्रलाई वढोत्तरी गरी एक महिनाअघि सबै प्रकृतिको अप्रेशन हुने गरी आँखा अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

दुई बर्ष यता कोभिडको महामारी बढेसँगै उपचारका लागि अन्यन्त्र लैजानु पर्ने बाध्यतालाई अन्त्य गरी आँखा अस्पतालमा नै कोभिडको उपचार राउतले नै सुरु गरेका हुन् । विभिन्न निकायको सहयोगमा प्रविधिकहरु भित्र्याई कोभिडका विरामीको निशुल्क उपचार गरिएको थियो ।

उपमेयर पदका उमेदवार महेश्वरी राई शिक्षा, सामाजिक, महिला र मानव अकिारको क्षेत्रमा अब्बल नेतृ मानिन्छिन् । प्रारम्भिक चरणका बालबालिकालाई हास्दै, खेल्दै सिक्दै, सिकाउँदै अभियानमार्फत उनको नेतृत्वमा जिल्लाका धेरै ठाउँमा बालविकास केन्द्र स्थापना भएका छन् ।

बालबालिकाको सर्वाङिण विकासका लागि प्रारम्भिकचरणमा बालविकास केन्द्र आवश्यक रहेका अवधारणा सहित उनले थुप्रै ठाउँमा वहस पैरवी र जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । मदन भण्डारी आँखा अस्पतालको सदस्यसमेत रहेकी राई त्रियुगा जनता वहुमुखि क्याम्पसको पहिलो स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष हुन् ।

उनीसँग लामो समयको महिला अधिकार, सामाजिक अभियान, शिक्षा क्षेत्रको क्षेत्रको वहस र पैरवीको अनुभव छ । सामाजिक अभियानका हाई प्रोफाईल भएका व्यक्ति मैदानमा रहेकाले नेकपा एमालेलाई यस पटक जित निकाल्न सहज भएको नगरबासीको अनुमान छ ।

मेयर पदका उमेदवार भागवत राउत भन्छन्, जित्नका लागि हिजो जति कष्ट थियो, यसपटक त्यस्तो असहज छैन्, ‘हामीले गाउँ गाउँमा संगठन बनाएका छौ, जनता रिझाउने काम गरेका छौ ।

‘जनप्रतिनिधि नभएर पनि त्यो भन्दा बढि त्रियुगा र सिगों उदयपुरको विकास निर्माणमा टेवा पुर्याएको छु, उनले भने, ‘मेरो कामको मुल्याकंन गरी एक पटक जनप्रतिनिधि हुने मौका दिए त्रियुगालाई बजार हैन् नमुना सहरकोरुपमा विकास गर्छु ।

‘अस्तव्यस्त त्रियुगालाई सुन्दर, हराभर, लोभलाग्ने बनाउँछु, राउतले भने, ‘भिजन, क्षमता, अभिरुची भएर पनि जनप्रतिनिधि आफुनिकट नहुँदा धेरै विकास निर्माणका काममा अवरोध पुगेको छ त्यसैले मैले र एमालेले बोकेको सपना पुरा गर्न उमेदवार बनेको हुँ ।

लामो समय शिक्षा, सामाजिक, महिला र मानवअधिकारको क्षेत्रमा अनुभव बोक्नु भएका उपमेयर महेश्वरी राई लगायत अनुभवि र इमान्दार वडाध्यक्ष र सदस्यहरु एमालेका उमेदवारहरु भएकाले चुनाव जित्न त्यति गार्हो नभएको उनले बताए ।

गठबन्धन भित्र भाँडभैलो र टिकट नपाउने विचको असन्तुष्टिका स्वरहरु अन्य पार्टीमा सुनिरहेको बेला एमाले भित्रको मजवुद एकता र एउटै स्वरले विजयीको यात्रालाई थप मलजल पुगेको एमाले अध्यक्ष परमेश्वर घिमिरेले बताए । उनले भने, टिकट लिनका लागि प्रतिसपर्धामा उत्रिएपनि टिकट पाईसकेपछि कसैको असन्तुष्टि नरहेको र प्रतिसपर्धिहरु नै चुनावी अभियानको मोर्चा सम्हालेर हिड्नु भएकाले कार्यकर्तालाई थप उर्जा मिलेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १७:४३