१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आईजीपी हुन नपाएका दुई वरिष्ठ प्रहरी अधिकृतले सरकारसँग मुद्दा खेल्ने

१८ वैशाख, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकको प्रतिस्पर्धामा पहिलो र दोस्रो नम्बरमा रहेका दुई वरिष्ठ प्रहरी अधिकृतले सरकारसँग मुद्दा खेल्ने भएका छन । सरकारले बिधि र पद्धति मिचेर तेस्रो वरियताका धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले मुद्दा खेल्ने भएका हुन ।

उनीहरू दुबैले वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गरिरहेका छन । सर्वोच्च अदालतले यसअघि वरिष्ठता मिच्न नमिल्ने ठहर गरेको थियो । जयबहादुर चन्दको नियुक्तिमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको गलत निर्णयको बिरूद्धमा सरकारले यस्तो आदेश दिएको थियो ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने निर्णयमा उनीहरू पुगेका हुन ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १६:५९