१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल प्रहरीको प्रमुखमा प्रतिस्पर्धी भन्दा १६ महिना जुनियर धिरजप्रताप सिंह बढुवा

१८ वैशाख, काठमाडाैँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रतिस्पर्धी भन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहको बढुवा गरेको छ । मन्त्रिपरिषद्को केही बेरअघि बसेको बैठकले सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । उनले भोलिदेखि संगठनको नेतृत्व सम्हाल्ने छन् ।

२०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् । वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् ।

यो पनि पढ्नुहोस्

विश्वराज पोखरेललाई आइजीपी बनाउने गृहको प्रस्ताव, देउवाले मागे सिंहको नाम

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १३:५३