५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

विश्वराज पोखरेललाई आइजीपी बनाउने गृहको प्रस्ताव, देउवाले मागे सिंहको नाम


१८ वैशाख, काठमाडाैँ ।  गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ तर प्रधानमन्त्रीले नामनेपछि समस्या सिर्जना भएको छ । नेपाली कांग्रेसका बहुमत नेताहरूले पोखरेलको बढुवाका लागि लबिङ गरेपछि गृहले वरिष्ठताको आधारमा सोही नाम प्रस्ताव गरेको हो ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमतिको प्रस्तावमा धिरजप्रतापसिंहको नाम मागेपछि कांग्रेसभित्रै तनाव सिर्जना भएको छ । आइजिपीको नामको कारण आइतबार बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अहिलेसम्म बस्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा छन । गृहमन्त्रालयले प्रस्ताव गरेपनि नेपाल प्रहरीको आइजीपीको टुंगो अझै नलागेको र मन्त्रिपरिषद्कै निर्णय नआउँदासम्म केही भन्न नसकिने बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १२:४५