१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

फेरि देखिन थाल्यो नेपालमा कोरोना, १५ जनामा संक्रमण पुष्टि


८ वैशाख, काठमाडाैँ । नेपालमा बिहीबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:११