२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय वाजपेयीको अन्तेष्टि अाज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुँदै


१ भदाै, काठमाडाैँ । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे हुने अन्त्येष्टिमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली त्यसतर्फ जाने भएका छन ।

९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि अाज बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।

शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउँदैछ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ११:१०