११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ रिलीज, आर्यन र नम्रताको अभिनय

२८ चैत, काठमाडौनँ । ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’, ‘आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलीज भएको छ । प्रेमका रमाईला प्रसंग तथा प्रेमीकालाई दिईएका आश्वासन गीतले बोल्छ ।

यस गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।

सार्वजनिक गीत ‘डान्सिंग प्याटर्न’मा रहेको छ । ‘डान्सिंग प्याटर्न’ गायक समालले बिरलै गाउने गीतको शैलिमा पर्छ । समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भएता पनि यस प्रकारको गीतमा समेत उनको गायनकला उत्तिकै दमदार छ । संयुक्त राज्य अमेरिकामा सक्रिय नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानीमा तयार यस गीतका संगीतकार पुर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द श्रृजना रहेको छ ।

अमेरिकाका शिक्षकहरूको प्रशंसा दिवसको अवसर पारी यो गीत र यसको भिडियो रिलीज गरिएको हो । दीपक एम सिंगको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन तथा मनिषा पोखरेलको कला निर्देशन रहेको छ । नक्षत्र प्रोडक्शनको अफिसियल यूट्युब च्यानलबाट रिलीज भिडियोमा सुदिप सापकोटाको अतिथी भुमिकामा अभिनय रहेको छ । गीतका एरेन्जर आशिष अविरल हुन् ।

प्रकाशित मिति : April 11, 2022 at 3:15 pm