१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

गोसाइँकुण्ड जाने पदमार्ग नेपाली सेनाद्धारा मर्मत

२९ साउन, रसुवा । पर्यटकीय, धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्ड जाने पदमार्गको नेपाली सेनाले मर्मत गरेको छ । गोसाइँकुण्ड मेलाको तयारीकै बीचमा सेनाले पदमार्गको मर्मत गरेको हो ।

जनैपुर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाको तयारी तीव्र रुपमा भैरहेको छ । सेनाले धुन्चेदेखि गोसाइँकुण्डसम्म पुग्ने पदमार्गको मर्मत गरेको छ । गत साउन १८ गतेदेखि पहिरोको कारण आवतजावतमा समस्या हुँदै आएको बाटो लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले मर्मत गरेको हो ।

अब तीन दिनपछि गोसाइँकुण्ड मेला सुरु हुँदैछ । सहायक सेनानी अशोक बुढा खाम्पाको नेतृत्वमा बाटो मर्मत गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १५:४९