१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा दिने ७७६ डाक्टर मध्ये ५८७ जना फेल

२७ साउन, काठमाडाैँ ।चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षामा दिने ७७६ डाक्टर मध्ये ५८७ जना फेल भएका छन ।  नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका हुन ।

७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएको काउन्सिलले जनाएको छ । काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिने गरेको छ ।

याे नतिजा अहिलेसम्मकै कमजाेर रहेको काउन्सिलले जनाएको छ । काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : 18:56