१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

१ चैत, काठमाडौँ । सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।

चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

प्रकाशित मिति : March 15, 2022 at 7:13 pm