५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टोलटोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल


२८ फागुन, काठमाडौँ ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।

” आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उहाँले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताउनुभयो । आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १८:१२