१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

मुख्यमन्त्री शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङ्गबीच भेट


 २८ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच शनिबार भेटवार्ता भएको छ । कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो संस्करणमा झरो उज्यालोको खरो बहसमा सहभागी हुन आएका घिसिङ्ग र मुख्यमन्त्रीबीच भेट भएको हो । भेटका क्रममा कर्णालीमा विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए । ‘कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको छ ।’ उनले भने,‘कर्णालीका बाँकी रहेका हुम्ला, मुगु र डोल्पा जिल्लामा यसै आर्थिक वर्षमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान हुनेछ ।’

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए । ‘अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेका छौं ।’ उनले भने,‘१३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आवश्यक रहेको छ ।’
जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै मुख्यमन्त्री शाहीले त्यो कर्णालीका लागि अन्याय हुने गरेको बताए । ‘हाम्रो भूगोल ठुलो रहेको छ । जनसंख्या थोरै भएका कारणले विकास गर्न समस्या रहेको छ ।’ उनले भने,‘नीति निर्माण तहमा रहेकाले यो कुरा बझ्न सकियो भने चाडै कर्णालीको विकास हुन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १७:३८