१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सामाजिक सञ्जाल प्रयोग गर्दा समय बर्बाद नबनाओस्, सूचना देओस् : ओली

२७ फागुन, पोखरा । एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका हुन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ । ‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’

प्रकाशित मिति : March 11, 2022 at 2:38 pm