१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

संखुवासभाको सातघुम्तीमा यात्रुबाहक बस भीरबाट खस्याे, १० जनाकाे घटनास्थलमै मृत्यु

२६ फागुन, काठमाडौं । संखुवासभाको सातघुम्तीमा यात्रुबाहक बस भीरबाट खसेकाे छ ।
बस भीरबाट खस्दा १० जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ । संखुवासभामाबाट झापाकाे दमकका लागि गुडेकाे बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नं. ६ काे सातघुम्तीकाे भीरबाट खसेकाे हाे । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले अहिले पनि उद्धारकाे काम जारी रहेकाे भन्दै मृतककाे संख्या बढ्न सक्ने बताए । बस बिहान ७ बजे भीरबाट खसेकाे हाे ।

प्रकाशित मिति : March 10, 2022 at 9:26 am