१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

देशभर २५१ जना कोरोना संक्रमण मुक्त

२५ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ५ हजार ६ सय ९२ जना रहेका छन् ।

प्रकाशित मिति : March 9, 2022 at 6:35 pm