१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा

२५ फागुन, उदयपुर । अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन् । उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन् ।

बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताए । उनका अनुसार ढुंगा लोडसहित भएकाे टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएकाे हाे ।

प्रकाशित मिति : March 9, 2022 at 3:33 pm