१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

रोल्पा उद्योग वाणिज्य संघमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका आचार्य विजयी

२५ फागुन, रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य विजयी भएका छन्। नेकपा एमालेका आचार्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतकाे ६ दलिय गठबन्धनका माेतिलाल ढकाललाई पराजित गर्दै बिजयी भएका हुन।

नेकपा (एमाले) निकट आचार्यले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतकाे पाँच दलिय गठबन्धनका वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत ल्याएका छन्।

एक हजार २ सय १८ मतदाता रहेको संघको निर्वाचनमा ९८५ मत खसेको बताइएको छ। सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन्। रोल्पा उद्योग वाणिज्य संघकाे दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति : March 9, 2022 at 8:42 am