१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

जसपाका ९ केन्द्रीय सदस्य र संविधानसभा सदस्यसहितका चार सय नेता एमालेमा (फाेटाेफिचर)

https://www.muktinathbank.com.np/online/loan-application

२४ फागुन, पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित करिब ४ सय नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना मंगलबार बिहान एमाले प्रवेश गरेका हुन ।

उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउँदै स्वागत गरे । सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका हुन ।

प्रकाशित मिति : March 8, 2022 at 12:18 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/