१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

तारकेश्वरको गाैरेश्वर विद्यालयका विद्यार्थीका लागि लायन्स क्लबले दियो कपडा र कापी

२३ फागुन, नुवाकोट । लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनकाे आयोजनामा नुवाकोटको तारकेश्वर गाउँपालिका ४, दर्शनटार, नुवाकोटमा रहेको गाैरेश्वर आधारभूत विद्यालयमा स्कुल ड्रेस तथा स्टेसनरी सामाग्री वितरण गरेकोछ। स्कुलमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई ड्रेस तथा शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन बैकुण्ठ रिमालले बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुजकुमार श्रेष्ठ, रिजन चियरपर्सन टेकनाथ पाैडेल, सिनियर एओजी श्रीकान्त आचार्य तथा स्कुलका व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावककाे सहभागिता थियाे ।

प्रकाशित मिति : March 7, 2022 at 11:43 am