२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

भिडियोमार्फत ‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

२२ फागुन, काठमाडौं । पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो ।

फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आगामी ३ भदौबाट फिल्म प्रदर्शनमा आउने छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छविराज ओझा, दिपेन्द्र के. खनाललगायतले शुभकामनासहित प्रदर्शन मिति घोषणा गरेका छन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन छ ।

प्रकाशित मिति : March 6, 2022 at 3:01 pm