१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

सेनेहाङ सेवा समाजको अध्यक्षमा गणेश सेनेहाङ

२२ फागुन, तेह्रथुम ।पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्राे अधिवेशन सम्पन्न भएको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर सेनेहाङ र मञ्जु सेनेहाङ, चमहासचिवमा टीआर सेनेहाङ,सचिव लोकराज सेनेहाङ,कोषाध्यक्ष संग्रामसिं सेनेहाङ चयन भएका छन् । सदस्यहरूमा विकास सेनेहाङ, मिलनकुमारी सेनेहाङ,सुजना सेनेहाङ,नरध्वज सेनेहाङ, बलि सेनेहाङ,चन्द्रध्वज सेनेहाङ, पूर्णबहादुर सेनेहाङ, तेजबहादुर सेनेहाङ र सोमकुमार सेनेहाङ चयन भए । अधिवेशनको अवसरमा सेनेहाङ वंशावली विमोचन गरिएको थियो । तेह्रथुमलगायत ताप्लेजुङ,पाँचथर,धनकुटा,सुनसरी र मोरङ जिल्लाका सेनेहाङहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : March 6, 2022 at 11:02 am