१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट

२१ फागुन, काठमाडाैँ । किभ–अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले नेटोकाे ‌अ‌ालोचना गरेका छन् । यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए । यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको ११औं दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।

प्रकाशित मिति : March 5, 2022 at 12:14 pm