१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

आगोमा जलेर घरभित्र सुतिरहेका आमा–छोराको मृत्यु

२० फागुन, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् । चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : March 4, 2022 at 5:53 pm