ललितपुरको ग्वार्कोमा स्कुटरकाे ठक्करबाट ६ वर्षिया बालिकाको मृत्यु
२० फागुन, काठमाडाैँ । ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ । पैदल हिँडिरहेकी ६ वर्षिया बालिकालाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।
मृत्यु हुने बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी अनुष्का जैसवाल थिइन् । उनकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : March 4, 2022 at 12:51 pm









