२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

दाङको बेल्झुन्डीमा मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

१५ फागुन, दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ । आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

फाइल फाेटाे

आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ ।

प्रकाशित मिति : February 27, 2022 at 9:35 pm