एमसीसी अनुमोदनका लागि १२ बुँदे गर्ने नेताहरूले अन्यत्रै गएर राजनीति गरे हुन्छः डा आचार्य
१५ फागुन, काठमाडौँ । संविधानविद् डा भिमार्जुन आचार्यले नेपाललाई विगतमा पनि १२ बुँदे नफाकेको भन्दै अहिले एमसीसीको सवालमा १२ बुँदे व्यख्या गर्नेहरूलाई अन्तै गएर राजनीति गर्न सुझाव दिएका छन । उनले नेपाली जनताको शान्तिका लागि पनि १२ बुँदेवालाहरूले देशबाहिर गएर राजनीति गरे ठीक हुने सुझाव दिएका हुन ।
उनले भनेका छन, ‘१२ बुँदाको काम वा १२ बुँदे सम्झौता नेपाल र नेपालीलाई त्यति फापेको देखिँदैन । जनताको बिरोध र असहमतिको बेवास्ता गर्दै सरकारले आज फेरि १२ बुँदेको नयाँ संस्करण प्रारम्भ गर्यो । धन्य सरकार, धन्य संसद! तपाईंहरूले यो मुलुकमा भन्दा बरू अन्यत्रै गएर राजनीति गर्दा यहाँका लाखौलाख सिधासाधा जनताले शान्तिको सास लिन पाउँथे कि ?’
प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २०:५३